नियम १८५
अधिकारी तोकिएको
ऐनको देहायका दफाको प्रयोजनको लागि देहाय बमोजिम अधिकारी तोकिएको छः–
(क) ऐनको दफा १५ र १६ख. को प्रयोजनको लागि माध्यमिक विद्यालयको सम्बन्धमा सम्बन्धित निर्देशक र अन्य विद्यालयको हकमा जिल्ला शिक्षा अधिकारी ।
(ख) ऐनको दफा १७ को उपदफा (२) को खण्ड (ङ) को प्रयोजनको लागि माध्यमिक विद्यालयको सम्बन्धमा सम्बन्धित निर्देशक तथा अन्य विद्यालय, सोही उपदफाको खण्ड (ख) र (ग) तथा दफा १६घ. को उपदफा (६) र (७) को प्रयोजनको लागि सम्बन्धित जिल्ला शिक्षा अधिकारी ।
(ग) ऐनको दफा १७क. को प्रयोजनको लागि जिल्ला शिक्षा अधिकारी ।